नियम ५८
तदर्थ समिति
(१) उपभोक्ता समूह, समिति र परिषद्को सदस्यको पदावधि समाप्त भएपछि पुनः अर्को उपभोक्ता समूह, समिति र परिषद्को गठन गर्नको लागि एक तदर्थ समितिको गठन हुनेछ । त्यस्तो समितिमा देहाय बमोजिमका व्यक्तिहरू रहनेछन् -
(क) संरक्षण अधिकृत -संयोजक
(ख) समूह वा समितिका कुनै पनि पदका लागि उम्मेदवारी दिन नचाहने व्यक्तिहरू मध्येबाट महिला र पुरुष गरी तीन जना -सदस्य
(ग) परिषद्को कार्यालयको कार्यालय सचिव - सदस्य-सचिव
(२) उपनियम (१) को खण्ड (ख) बमोजिमको सदस्य तोक्दा परिषद्को सिफारिस बमोजिम संरक्षण अधिकृतले तोक्नेछ ।
(३) तदर्थ समितिले परिषद्को कार्य अवधि समाप्त हुनु भन्दा तीन महिनाअघि नै उपभोक्ता समूह, समिति र परिषद्को गठन गरिसक्नु पर्नेछ ।
(४) उपनियम (१) बमोजिम गठित परिषद्ले अघिल्लो परिषद्को पदावधि सकिएको मितिबाट आफ्नो जिम्मेवारी वहन गर्नेछ ।